काठमाडौँ । शुक्रबारदेखि लगातार परेको वर्षा आज मध्यान्हपछि सामान्य सुधार हुने देखिएको छ । आज मध्यान्हपछि मौसममा सामान्य सुधार हुने जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी विभूति पोख्रेलले जानकारी दिइन् । 

‘मौसम पुरै सुधार त हुँदैन । सामान्य सुधार हुने देखिएको छ,’ उनले भनिन्, ‘तर भोलिसम्म हल्का वर्षाको सम्भावना देखिएको छ ।’ शुक्रबारदेखि लगातार परिरहेको वर्षाको कारण अहिले  बाढि पहिरोले देशैभर प्रभावित बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here