काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले कसैलाई निषेध गरेर स्थायी शान्ति र स्थायित्व हुन नसक्ने बताएका छन् ।  आज पार्टीद्वारा काठमाडौँमा आयोजित “त्रिभुवन जयन्ती ,प्रजातन्त्र दिवस तथा पार्टीको वार्षिकोत्सव”को अवसरमा आयोजित कार्यक्रममा बोल्दै थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्र भ्रष्ट व्यवस्था र तस्करतन्त्रमा रूपान्तरण भएको समेत टिप्पणी गरे ।

 देशमा वामपन्थी बिचारको वर्चस्व र हाबी भएको भन्दै विश्वभर असफल भएको व्यवस्था नेपालमा लाद्न खोजिनु दुर्भाग्यपूर्ण भएको बताए । थापाले जनताको अभिमत बिना गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयता लादिएको भन्दै आलोचना गरे। अर्बौँ खर्च गरेर योजनाबद्ध रूपमा नेपाली धर्म संस्कृति नष्ट गरेको दाबी गर्दै थापाले विकृत मान्यता र दर्शन बोकेर देश विकास हुन नसक्ने बताए। देश वैचारिक र संरचनागत त्रुटिको दलदलमा भासिएको भन्दै थापाले कुनै पनि सरकारले पूर्ण कार्यकाल काम गर्न नसकेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here