काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन जनालाई राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।
सरकारको सिफारिसमा शुक्रबार राष्ट्रपति पौडेलले नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीका तीन जना सांसद्लाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
शीतलनिवासका अनुसार राष्ट्रपतिबाट कांग्रेस सांसद् पूर्णबहादुर तामाङ र रुपा विक तथा उन्मुक्तिका तर्फबाट सांसद् अरुणकुमार चौधरी राज्यमन्त्री नियुक्त भएका छन् ।
राष्ट्रपतिले तामाङलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ, विकलाई वन तथा वातावरण र चौधरीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको जिम्मेवारी तोकेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएको १९ औँ दिनमा रिक्त रहेको राज्यमन्त्रीको कोटालाई पूर्णता दिइएको छ ।