काठमाडौँ । नेपाल निजामती कर्मचारी सङ्गठनका अध्यक्ष अम्बादत्त भट्टले स्थानीय तहका विषयमा प्रदेशमा बनिरहेका कानुनले कर्मचारीलाई उत्प्रेरणा नदिएको बताएका छन् । शुक्रवार राज्य व्यवस्था समिति बैठकमा बोल्दै अध्यक्ष भट्टले सो कुरा बताएका हुन् ।

बैठकमा बोल्दै उनले बौद्धिक पलायन रोक्ने भए स्थानीय सेवालाई प्रदेश निजामती सेवाको अङ्ग बनाइनुपर्नेमा जोड दिए ।

उनले कर्मचारीको अन्तर प्रदेश सरुवाको व्यवस्था गर्नुपर्ने समेत बताए । अध्यक्ष भट्टले कर्मचारीको अधिकारमाथि अतिक्रमण गर्न नपाइने समेत बताए । उनले कर्मचारीहरूको आस्थाको आधारमा सरुवा गरिएको दुखेसो गर्दै सरुवाको दोष जति युनियनको टाउकोमा हाल्न नहुने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here