काठमाडौं । मंगलबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुन प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको भाउ तोलामा ४० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा १९८० रहेको चाँदी आज १९४० रुपैयाँमा झरेको छ ।