काठमाडौँ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिबिच भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने विषयमा छलफल भएको छ । बिहीबार चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिले मन्त्री पाण्डेलाई भेटेर पोखरा र भैरहवामा उडान भर्न आफूहरू उत्साहित रहेको बताएका हुन् ।

चाइना साउदर्न एयरलाइन्सले  ४० वटाभन्दा बढी मुलुकमा सेवा दिँदै आएको छ । चीनको गन्जाउबाट काठमाडौँमा नियमित रूपमा उडान भर्दै आएको उक्त एयरलाइन्सले पोखरा र भैरहवा उडानका लागि पनि सकारात्मक रहेको मन्त्री पाण्डेको सचिवालयले जनाकारी दिएको छ ।

चाइना साउदर्न एयरलाइन्सले पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने कुराको स्वागत गर्दै मन्त्री पाण्डेले भने, ‘तपाईंहरू पर्यटकीय राजधानी पोखरा र भगवान गौतम बुद्धको जन्मस्थल भैरहवा उडान भर्ने कुरामा स्वागत गर्न चाहन्छु । यसले द्विपक्षीय हित आपसी सम्बन्ध विस्तारमा समेत फाइदा पुग्ने छ ।  नियमित उडानले नेपाल र चीन दुवै मुलुकलाई फाइदा पुग्ने छ ।’ मन्त्री पाण्डेले द्विपक्षीय हित र आपसी सम्बन्ध थप सुदृढ पार्न हवाई क्षेत्रले प्रभावकारी भूमिका निर्वाह गर्ने समेत बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here