काठमाडाैं । आर्थिक वर्ष २०८०/८१ मा १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख रुपैयाँ व्यापार घाटा व्यहोरेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/८१ भर नेपालको व्यापार घाटा १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख ८४ हजार रुपैयाँ पुगेको देखाएको हो ।

गत आर्थिक वर्षको तुलनामा ०.९६ प्रतिशतले घटी हो । गत आर्थिक वर्ष २०७९/८० मा नेपालको व्यापार घाटा १४ खर्ब ५४ अर्ब ५९ करोड १० लाख ७४ हजार रुपैयाँ रहेको थियो ।

सो अवधिमा नेपालतर्फ १६ खर्ब ११ अर्ब ७३ करोड रुपैयाँको आयात भएको थियो । आर्थिक वर्ष २०७८/७९ यता निरन्तर आयात र निर्यात घट्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here