काठमाडौँ । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी दोलखा मेलुङ गाउँपालिका-६ घर भएका २९ वर्षीय विराट ठकुरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ महानगरपालिका ४ धोबीखोला करिडोरस्थित धनन्तरी मार्गमा मंगलबार राति काठमाडौँ महानगरपालिका ६ सरस्वतीनगर बस्ने ओखलढुङ्गा मानेभन्ज्याङ गाउँपालिका ६ घर भएका ५० वर्षीय अडविर राईलाई लेनदेनको विषयमा ढुंगा प्रहरी गरी हत्या गरेको घटनामा फरार रहेका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले भक्तपुर सल्लाघारीबाट पक्राउ गरेको हो ।
उनी उपर काठमाडौँ जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।