काठमाडाैं । गृहमन्त्री रमेश लेखकले सबैभन्दा बढि कैदीबन्दी जबरजस्तीकरणीका रहेको बताएका छन् ।


आज टिआरसी विधेयकमा भएको ऐतिहासिक उपलब्धि ऐन कार्यान्वयनमा द्वन्द्व पीडितको सहभागिता विषयक अन्तरक्रियामा उनले बलात्कार घटना बढेकाले यसको सजाय कम नहुने बताए ।


उनले भने, ‘कारागारमा सबैभन्दा बढी कैदीबन्दी जबरजस्तीकरणीका छन् । रेप भनेको रेप नै हो । बन्दुक बोकेका मान्छेलाई गरेपनि साधारण व्यक्तिलाई गरेपनि रेप भनेको रेप नै हो । अरु अपराध भनेका कोही व्यक्ति विशेषका छन्, कोही समाज विरुद्धकाे अपराध छन्, कोही राज्य विरुद्धका अपराध छन् तर बलात्कार भनेको त मानवता विरुद्धको अपराध हो । यी पीडालाई हामीले अलिकति अनुभव गरेर अगाडि बढ्न सक्यौँ भने बलात्कारलाई देशमा कम गर्न सक्छौँ ।’


उनले अहिलेको विधेयक पीडितमैत्री भएको बताए । उनले सबै पीडितलाई एक ठाउँमा लिएर पीडकको पीडा समाधान गर्नुपर्ने बताए ।

यस्तै गृहमन्त्रीले कानून जस्तोसुकै भएपनि कार्यान्वयन गर्ने निकाय सक्षम हुन आवश्यक रहेको बताए । पीडकको पीडा पीडितले मात्र बुझ्ने दाबी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here