काठमाडौं। श्रीलंकाको कोलम्बोमा भईरहेको काभा यू२० पुरुष भलिबल प्रतियोगितामा नेपालले शुक्रबार तुर्कीमिनिस्तानलाई ३(० सेटले पराजित गर्दै फाइनल प्रवेश गरेको छ ।

कोलम्बोमा भएको खेलमा नेपालले तुर्कमिनेस्तानलाई २५ १४, २५ २१, २५ २० ले हरायो ।नेपालले प्रतियोगितामा पाँच मध्ये तीन खेल जित्दै कूल १० अंक जोडेर शीर्ष दुईमा रहँदै फाईनलमा स्थान बनाएको हो ।

नेपालले अब फाईनलमा शनिबार उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । काभा यू२० पुरुष भलिबल प्रतियोगिता पहिलो पटक आयोजना भईरहेको छ । पहिलो सहभागितामै नेपाल उत्कृष्ट प्रदर्शन गर्दै फाईनल पुगेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here