काठमाडौं । स्मार्ट टेलिकमले अघोषित रुपमा देशका विभिन्न ठाउँमा आफ्नो सेवा बन्द गरेको छ । कम्पनीले आधिकारिक रुपमा कुनै जानकारी नदिइ कम्पनीले आफ्नो सेवा बन्द गरेको हो ।

जनकपुर, भक्तपुर, झापा लगायतका स्थानबाट समेत कम्पनीका ग्राहकले सेवा सञ्चालनमा नआएको गुनासो पठाएका छन् । अर्का मोबाइल प्रयोगकर्ता सानु झापालीले दमकमा स्मार्ट टेलिकमको नेटवर्क आउन छोडेको दुई महिना भइसकेको जानकारी दिए । उता नियामक नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमको नेटवर्क चल्न छोडेको कुरा अनौपचारिक रुपमा जानकारीमा रहेको बताएको छ । तर अर्बौं रुपैयाँ सरकारी बक्यौता तिर्न नसकेको कम्पनीको लाइसेन्स अवधि यही चैत मसान्तमा समाप्त हुने भएको छ ।

यस अघि एक अर्ब रुपैयाँ समेत तिर्न नसकेको स्मार्ट टेलिकमले बक्यौतासहित करिब ३० अर्ब रुपैयाँ बुझाएर अनुमतिपत्र नवीकरण गर्ने सम्भावना नरहेको प्राधिकरणका अधिकारीहरू बताउँछन् । अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावलीको व्यवस्था अनुसार यस्ता कम्पनीहरूले चालू अवस्थामा सरकारलाई हस्तान्तरण गर्नुपर्ने हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here