काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सांसदहरूले बाढी पहिरो प्रभावितका लागि १५ दिनको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन् । 

एकीकृत समाजवादीका उपमहासचिव तथा सचेतक मेटमणि चौधरीले असोज ११ र १२ गतेको अविरल वर्षाका कारण भएको जनधनको क्षतिप्रति दुख व्यक्त गर्दै पार्टी र दलको निर्णयअनुसार सांसदहरूका तर्फबाट सो सहयोग गर्ने निर्णय गरेको जानकारी दिए । नेकपा एकीकृत समाजवादीका प्रतिनिधिमा १० र  राष्ट्रियसभामा ८ गरी १८ जना सांसद रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here