काठमाडौँ । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्रीसँग छलफल गरेर मात्र सरकारमा सहभागी हुने नहुनेबारे निर्णय गर्ने भएको छ । त्यसका लागि अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाललाई वार्ता गर्न जिम्मेवारी दिएको छ । सो पार्टीको आज बसेको सचिवालय बैठकले तीन नेतालाई वार्ता गर्ने जिम्मेवारी दिएको हो । जिम्मेवारी दिए लगत्तै नेताहरू प्रधानमन्त्रीसँग वार्ता गर्न बालुवाटार हिँडेका छन् । एकीकृत समाजवादीले सरकारमा सहभागी हुन गरेको प्रस्तावलाई सकारात्मक रूपले लिएको छ ।
‘निम्न विषयमा छलफल गरी आवश्यक निर्णय गर्ने, जसमा आर्थिक वृद्धि, राष्ट्रहित, भ्रष्टाचार नियन्त्रण, महँगी नियन्त्रण र सन्तुलित परराष्ट्र सम्बन्धका एक पटक छलफल गरेर मात्रै निर्णय गर्ने’, बैठकपछि प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सञ्चारकर्मीलाई जानकारी दिए ।