सोल । दक्षिण कोरियामा राजनीतिक संकट झन् झन् गहिरिँदै गएको छ । यतिबेला महाभियोगको सामना गरिरहेका राष्ट्रपति युन सुक येओललाई पक्राउ गर्नु अनुसन्धानकर्ताहरूलाई निकै गाह्रो भइरहेको छ ।

अनुसन्धानकर्ताहरू येओललाई पक्राउ गर्न आइपुगेका थिए । तर येओलका सुरक्षाकर्मीहरूले उनीहरूसँग झडप गरे । येओललाई अहिलेसम्म पक्राउ गर्न सकिएको छैन । यसअघि बिहीबार पनि अनुसन्धानकर्ताहरू येओललाई पक्राउ गर्न आएका थिए । तर उनका समर्थकहरूले उनीहरूलाई येओलको निवासमा छिर्न दिएनन् ।

पक्राउ पुर्जीलाई गैर कानुनी र अवैधानिक भन्दै यस अघि नै येओलको कानुनी समूहले कानुनी सहायता लिने बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here