काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद विष्णु पौडेलले देश अप्ठ्यारो स्थितिमा रहेको बताएका छन् । आज रुपन्देहीमा भएको प्रेस चौतारी मैत्रीपूर्ण फुटसल प्रतियोगिता—२०८० को अवसरमा बोल्दै उनले अहिले देशको राजनीति बिग्रिरहेको दाबी गरे ।
उनले राजनीति सङ्लो नभएसम्म देश ठिक ढङ्गबाट अघि बढ्न नसक्ने दाबी गरे । उनले सरकार र सरकारका कामकारबाहीहरूले गर्दा देश लथालिङ्ग र भताभुङ्ग भएको बताए । उपाध्यक्ष पौडेलले बिग्रिएको राजनीतिलाई लयमा फर्काउनु पर्ने चुनौतीपूर्ण परिस्थिति रहेको बताए ।