काठमाडौँ । अभिनेता विजय बरालले ‘लाज शरणम्’ को दोस्रो सुटिङ सेड्युलको छायांकन सुरु गरेका छन्। बरालले काठमाडौँको माइतीघरस्थित खाद्य गोदामबाट दोस्रो चरणको सुटिङ मंगलबार सुरु गरेका हुन्।

दसैँअघि डोल्पा सुटिङ सकेको सिनेमाले काठमाडौँ तालिका केही दिन अगाडिबाट सुरु गरेको हो। हालसम्म सिनेमाको ९५ प्रतिशत छायांकन सकिएलको जानकारी निर्माण पक्षले दिएको छ।

सिनेमाको निर्माण टिमले छायांकनमा निस्कनुअगावै फागुन १४ गते महाशिवरात्रिलाई प्रदर्शन मिति घोषणा गरेको थियो। विजयको यो ‘पूर्ण बहादुर सारङ्गी’को रिलिजपश्चात् प्रदर्शनमा आउने पहिलो सिनेमा हुनेछ।

सिनेमामा मुकुन्द श्रेष्ठ, विजय बराल, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, माला लिम्बुसँगै सक्किगोनि टिमबाट अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), बबिन राराई (गल्फने बाजे), रामभजन कामत, कमलमणि नेपाल (खुपीका बाउ)लगायतका कलाकारको अभिनय रहनेछ। सिनेमालाई सुदीप बरालले छायांकन गरिरहेका छन्।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा अधिकांश ‘सक्किगोनि’ टिमका कलाकार नै रहने छन्। सिनेमामा नवीन श्रेष्ठ निर्माता र राम नरेश शाह सहनिर्माताका रूपमा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here