काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले मनपरी हवाई भाडा वृद्धि गरी यात्रुलाई ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

उपभोक्ताहरुको अधिकार हनन् हुनेगरी बढी भाडा लिने कम्पनीहरुलाई कारबाही गर्ने मन्त्री पाण्डको भनाइ छ ।

गत शुक्रबारदेखि दैनिक १० घण्टा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरेर विमानस्थल निर्माणको काम शुरु भएदेखि वायुसेवा कम्पनीहरुले मनपरी हवाई भाडा वृद्धि गरेको गुनासो यात्रुहरुले गर्दै आएका छन् ।

सो विषयमा न्युज एजेन्सी नेपालसँगको कुराकानीमा मन्त्री पाण्डेले भनेका छन्, ‘उपभोक्ताहरुको अधिकार हनन नहुने गरी न्यायोचित र तर्कपूर्ण मूल्यमा मात्रै टिकटको भाडा लिनुस् भनेका छौँ । त्यसमा उहाँहरु सहमत हुनुहुन्छ । त्यो विपरीत उहाँहरु जानुभएको छ भने कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका छौं ।’

मन्त्रालयले उहाँले हवाई भाडा वृद्धिबारे आफूले परराष्ट्रमन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग छलफल गरिसकेको उनले बताए । तीन मन्त्रालयको समन्वयमा विमान सञ्चालकहरुसँग पनि छलफल गरी बढी भाडा नलिन निर्देशन दिएको उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here