काठमाडाैं – भारतकै नम्बर वान ब्राण्ड सिपि पल्स नेपालको शान्तिनगरको पेट्रोल पम्प नजिकैबाट सञ्चालनमा आएको छ । आज शुकबार विशेष कार्यक्रमसहित केक काटेर सिपि प्लसको होलसेल सञ्चालनमा ल्याइएको हो ।

नेपालमा यस सिपि प्लस ब्राण्डको होलसेल भित्र्याउने व्यक्ति अमित यादव र पपु यादव हुन् । उनीहरुले नेपालमा नै पहिलो पटक यो ब्राण्ड भित्र्याएका हुन् । उनीहरुले बताए अनुसार सुरुवाती दिनहरुमा विशेष छुट सहित सम्मपुर्ण सामानहरु सुपथ मुल्यमा पाइनेछन् । यस होसेलको लागत १ करोड भन्दा माथि रहेको उनीहरुको दाबी छ ।

यस होलसेलमा सिसिटिभि, क्यामरा,नेटर्वकिङ प्रडक्ट, पिएबिएक्स ,कम्प्युटर ल्यापटप सेल्स एण्ड रिपियर ,जिपिएस ट्रयाकिङ् लगायतका थुप्रै सेवा तथा सुविधा उपलब्ध रहेको छ । त्यस्तै सामान किन्न आउने ग्राहकलाई अन्य ठाउँमा पर्ने भन्दा सस्तो सुलभ र गुणस्तरीय पर्ने होलसेलका सञ्चालक अमित र पपु यादव बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here