काठमाडाैं । सरकारी तवरबाट आवश्यक सबै पहल हुँदा अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा नदिएको नेपाल क्रिकेट संघ (क्यान)ले बताएकाे छ ।

बिहीबार क्यानका सचिव पारस खड्काले विज्ञप्ति जारी गर्दै अमेरिका र वेस्ट इण्डिजमा आयोजना हुन लागेको टी- २० विश्वकपमा सहभागिताका लागि अमेरिकी दूतावासले भिसा नदिएको औपचारिक जानकारी गराएका हुन् ।

क्रिकेटर लामिछानेको भ्रमणका निम्ति कूटनीतिक नोटसहित नेपाल सरकार, परराष्ट्र मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, नेपाल क्रिकेट संघ र आईसीसीबाट आवश्यक पहल भएको अवस्था हुँदा समेत दूतावासले भिसा नदिएको विज्ञप्तिमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here