काठमाडाैं । श्रीलंकामा जारी एसीसी महिला एसिया कप क्रिकेटमा नेपालले आज पाकिस्तानको सामना गर्दैछ । खेल श्रीलंकाको डम्बुला मैदानमा आइतबार साँझ ७ः१५ बजे सुरु हुनेछ ।

नेपालले प्रतियोगिताको उद्घाटन खेलमा चिरपरिचत प्रतिस्पर्धी युएईलाई ६ विकेटले पराजति गर्दै एसिया कपमा पहिलो ऐतिहासिक जित निकालेको थियो ।
पाकिस्तान भने भारतसँग सात विकेटले पराजित भएको थियो । यो खेल नेपाली महिला क्रिकेट टिमको पहिलो रात्रिकालिन क्रिकेट पनि हुनेछ ।

प्रतियोगितामा आठ टोली सहभागी छन् । दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा भारत र पाकिस्तान जस्ता टेस्ट राष्ट्रसँगै यूएई छ ।
समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here