काठमाडौं । इन्टरनेट सेवाप्रदायक वर्ल्डलिङ्कले नयाँ अफर ल्याएको छ । कम्पनीको वेबसाइटबाट कुनै इन्टरनेट प्याकेज खरिद गर्दा शतप्रतिशत क्याशब्याकदेखि स्मार्ट टिभीसम्म जित्न सकिने नयाँ अफर ल्याएको हो ।
ग्राहकले वर्ल्डलिङ्कको वेबसाइटबाट इन्टरनेट प्याकेज खरिद गर्दा तुरुन्तै एक हजार रुपैयाँ क्याशब्याक र मुभी टिकट जित्न सक्ने कम्पनीले जनाएको छ । साथै हरेक हप्ता लक्की ड्रमार्फत ग्राहकले पूर्ण क्याशब्याक पाउन सक्ने यस अफरमा उल्लेख गरिएको छ । त्यस्तै हरेक महिना स्मार्ट टिभी जित्ने मौका समेत रहेको छ । प्याकेज खरिद गरेको २४ घण्टाभित्र इन्टरनेट कनेक्सन गरिने कम्पनीले जनाएको छ ।
वर्ल्डलिंक कम्युनिकेसन नेपाल को एक इन्टरनेट सेवा प्रदायक हो । यो नेपालको सबैभन्दा ठूलो इन्टरनेट र नेटवर्क सेवा प्रदायक हो । उच्च गतिको एफटीटीएक्स, आईपीटीभी र फिक्स्ड वायरलेस ब्रॉडब्यान्ड सेवा प्रदान गर्दछ ।