काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगरको श्रम बैंकमार्फत ९११ जनाले रोजगारी पाएको दाबी गरेका छन् ।

महानगरपालिकाको श्रम बैंकमार्फत ३२९ जनालाई निजी र ५८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान गरिएको उनले जानकारी दिए ।

मंगलबार उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ,‘काठमाडौ महानगरले रोजगारी प्रवर्द्धनका लागि तीन वर्षको कार्ययोजना बनाई कम्तीमा १५ हजार जनालाई तालिम तथा ५ हजार जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यले गौरव योजना रोजगारी र आयवृद्धि काठमाडौंको समृद्धि तथा श्रम बैंक स्वर्णिम योजना अगाडि बढाएको हो’

यसबाट श्रम बैंकमार्फत दक्ष ४५५, अर्धदक्ष ३८ जना र अदक्ष ४१८ गरी जम्मा ९११ जनाले रोजगारी पाएका छन् । जसमध्ये ३२९ जनालाई विभिन्न निजी कम्पनीमा र ५८३ जना महानगरका विभिन्न विभागमा महानगरमार्फत रोजगारी उपलब्ध गराइएको छ उनले भनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here