चीनले सगरमाथालाई माउन्ट चोमोलाङ्मा भन्ने गर्छ । डिङ्ग्रीलाई चोमोलाङ्माको आधार शिविर मान्ने गरेको छ । त्यहाँका होटल भवन र वरपरका क्षेत्र यथावत् रहेको र पर्यटक तथा कर्मचारी सुरक्षित रहेको डिङ्ग्री संस्कृति तथा पर्यटन ब्युरोले जनाएको छ ।
- नेपालले के गर्छ ?
भूकम्पको प्रभाव भन्दै चीनले सगरमाथा क्षेत्रको प्रवेशमा रोक लगाउँदा नेपाली पक्षले भने यसबारे कुनै निर्णय गरेको छैन । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेले यसबारे अहिलेसम्म कुनै निर्णय नभएको जानकारी दिए ।
२०७२ सालमा जस्तो यो भूकम्प ठुलो नभएको र क्षतिको अवस्था समेत नरहेकोले बन्द गर्नुपर्ने आवश्यकता समेत नहुन सक्ने प्रवक्ता लामिछाने बताउँछन् । ‘आधिकारिक रूपमा कुनै छलफल र निर्णय भएको अवस्था होइन । तर, अहिलेसम्म भौतिक क्षति भएको भन्ने घटनाहरू केही नआएकोले बन्द नै गर्नुपर्ने अवस्था नहुन सक्छ’ उनले भने ।