काठमाडौं । आज(मंगलबार) पनि नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

 नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मङ्गलवार छापावाल सुनको मूल्य तोलामा १ लाख ५२ हजार रुपैयाँ कायम भएको हो ।

गत आइतबार र सोमबार पनि सुनको मूल्य सोही मूल्यमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने १० रुपैयाँले बढेको छ।  महासंघका अनुसार सोमबार तोलामा १ हजार ८१० रुपैयाँ कायम भएको चाँदीको मूल्य मङ्गलवार भने बढेर १ हजार ८३० रुपैयाँ कायम भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here