काठमाडाैं । भारतले महिला एसिया कपका लागि हरमनप्रीत कौरको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । श्रीलंकामा हुने एसिया कपमा भारतले जुलाई १९ मा पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

हाल भारतले दक्षिण अफ्रिकासँग टी-२० सिरिज खेलिरहेको छ । जसमा १७ मध्ये १५ सदस्य एसिया कप टोलीका सदस्य छन् ।

कप्तान हरमनप्रीत कौर र उपकप्तान स्मृति मन्धानाको कप्तानीमा रहेको टोलीमा दयालन हेमलता, शेफाली वर्मा र जेमिमा रोड्रिगेज छन् । टोलीमा ऋचा घोष र उमा क्षेत्री छन् भने पूजा वस्त्राकर र दीप्ति शर्माले क्रमशः तीव्र गतिको बलिङ र स्पिन अलराउन्डरको भूमिका निर्वाह गर्नेछन् ।

तीव्र गतिको बलिङको नेतृत्व रेणुका सिंह र अरुन्धती रेड्डीले गर्नेछन् भने स्पिन विभागको नेतृत्व लेग स्पिनर आशा शोभना, अफ स्पिनर श्रेयांका पाटिल र बायाँ हाते स्पिनर राधा यादवको काँधमा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here