काठमाडाैं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक केन्द्रीय कार्यालय च्यासलमा मंगलबार दिउँसो १२ बजे बोलाइएको हो ।
नेपाली कांग्रेसको समर्थनमा केपी शर्मा ओली प्रधानमन्त्री बनाउने सहमति भएपछि एमालेले लगातार बैठक राखिरहेको छ ।
आज प्रतिनिधिसभा बैठक अगाडि एमालेले संसदीय दलको बैठक राखेको थियो ।