काठमाडौं । नेकपा एमालेका सांसद् महेश बर्तौलाले अबको सरकार आलोपालो गरेर चल्ने बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठक सकिएपछि पत्रकारले यो सरकार कसरी चल्छ भन्ने प्रश्नको जवाफ दिँदै सांसद् बर्तौलाले पहिले एमालेको नेतृत्वमा सरकार बनाउने र त्यसपछि कांग्रेस सभापति र संसदीय दलका नेताको नेतृत्वमा सरकार बन्ने बताए ।
उनले भने, ‘हामी अहिले आलोपालो गरेर सरकार चलाउने भनेर कांग्रेससँग सहकार्य गरेका हौँ । २८ गते प्रधानमन्त्रीले राजीनामा दिएर सहज मार्ग प्रस्तुत गर्नुभयो भने हामी मन्त्रालयको भागबण्डा टुंगो लगाउँछौँ ।’
उनले कतिदल नयाँ सरकारमा सहभागि हुन्छन् त्यसको आधारमा मात्र मन्त्रालयको भागबण्डा हुने बताए । अहिले कुन मन्त्रालय एमालेले सम्हाल्ने प्रारम्भिक कुरा अगाडि बढे यथार्थ निर्णयमा नपुगेको स्पष्ट पारे ।