नयाँ दिल्ली । सात राज्यका १३ विधानसभा सिटमा भएको उपचुनावपछि मतगणना जारी छ । निर्वाचन आयोगको वेबसाइटका अनुसार मतगणना सुरु भएको करिब ३ घण्टापछि भाजपा एक सिटमा अगाडि छ । यो सिट हिमाचल प्रदेशको हमीरपुर विधानसभा सिट हो।
यसबाहेक कांग्रेसले ५ र पश्चिम बंगालका सबै ४ सिटमा टीएमसी अगाडि छ । यसैगरी जेडीयू, आम आदमी पार्टी र डीएमके एक–एक सिटमा अगाडि छन् ।
विधानसभा उपचुनावका लागि मतगणना भइरहेको सिटमध्ये पश्चिम बंगालमा सबैभन्दा बढी ४ सिट छ भने हिमाचल प्रदेशमा ३ र उत्तराखण्डमा २ सिट छन् ।
यसबाहेक बिहार, तमिलनाडु, मध्य प्रदेश र पञ्जाबको एक–एक विधानसभा सिटका लागि शनिबार बिहान ८ बजेदेखि मतगणना जारी छ।