काठमाडाैं । पूर्वमन्त्री श्यामसुन्दर गुप्ताविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ।
पूर्वमन्त्री गुप्ताविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
सम्पत्ति शुद्धीकरण गरेको ठहरसहित विभागले उनीविरुद्ध सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ अनुसार ८५ लाख बिगो दाबीसहित साउन ७ गते मुद्दा दायर गरेको छ।
उनीविरुद्ध यसअघि काठमाडौं जिल्ला अदालतमा अपहरण तथा शरीर बन्धक मुद्दा विचाराधीन रहेको छ। प्रतिवादी गुप्ता समेतले अपहरण कसुरसहित सम्बद्ध कसुरबाट फिरौतीको रूपमा प्राप्त गरेको कसुरजन्य सम्पत्तिलाई उत्पत्तिको गैरकानुनी स्रोतबाट अलग गरी सम्पत्ति शुद्धीकरणको कसुर गरेको हुन सक्ने देखिएको भन्दै मुद्दा दोस्रो मुद्दा दायर गरेको हो ।