काठमाडाैं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको थियो ।

विमानमा रहेका १९ जनामध्ये १८ जनाको मृत्यु भएको थियो । गम्भीर घाइते भएका पाइलट मनिष शाक्यको उपचार भइरहेको छ ।

दुर्घटनाबारे अध्ययन गर्न सरकारले पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here