काठमाडाैं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले साउन ६ गते विश्वासको मत लिने भएका छन् ।

उनले साउन ६ गते दिउँसो एक बजे प्रदेशसभाबाट विश्वासको मत लिने व्यहोरा सहितको पत्र प्रदेशसभा सचिवालयमा दर्ता भएको बताइएको छ । गत असार २४ गते एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जमकट्टेलले चौथोपटक विश्वासको मत लिन लागेका हुन् ।

सोमबार बिहान एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीसँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेल साउन ६ गते विश्वासको मत लिने निर्णय गरे । असार २४ गते बिहान बसेको माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मतको सामना गर्न सुझाएको थियो ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ । कुल एक सय १० प्रदेश सभा सदस्य रहेको बागमती प्रदेशमा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको मात्रै ६४ मत पुग्छ । मुख्यमन्त्रीलाई विश्वासको मतका लागि ५६ मत आवश्यक पर्छ। काँग्रेस र एमाले बाहेक सबै दल मिल्दा पनि कुल ४६ मत मात्रै पुग्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here