काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमको सोमबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको हो ।

मुल्य बढेपछि काठमाडौं उपत्यकामा पेट्रोल प्रति लिटर १७१ रुपैयाँ भएको छ । डिजेल तथा मट्टीतेल प्रतिलिटर १६० भएको छ ।
निगमले भारतबाट आएको नयाँ मुल्य सूची बढेर आएकोले मुल्य बढाउनु परेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here