काठमाडौँ । कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिका लागि हुने निर्वाचनमा नेकपा एमाले निकट प्रगतिशील तथा पेसागत कानुन व्यवसायी सङ्गठन पीपीएलए र डेमोक्रेटिक लयर्स एशोसिएशन डीएलए गठबन्धन हुने भएको छ ।

नेकपा माओवादीनिकट गणतान्त्रिक कानुन व्यवसायी सङ्गठन आरपीएलए र पीपीएलएबीच गठबन्धनको तयारी भए पनि आरपीएलएबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले दाबी नछाडेपछि पीपीएलएले डीएलएसँग गठबन्धन गरेको हो ।

पीपीएलएका एक वरिष्ठ अधिवक्ताले भने– ‘आरपीएलए र पीपीएलएबीच गठबन्धन हुने समझदारी थियो । तर रमन श्रेष्ठले आफ्नो दाबी छाड्नुभएन पीपीएलएको मतदाता ५०० हाराहारी हो । हामी ३ हजार बढी मतदाता छौँ । हामीले स्वीकार गरेनौँ ।’

आरपीएलएसँग गठबन्धन नगरेको पीपीएलएले अध्यक्ष पदको उम्मेदवार डीएलएबाट बनाउन सहमत भएको छ । पीपीएलएबाट टिकटको दाबी गरेका एक वरिष्ठ अधिवक्ताले भने– ‘पीपीएलए–डीएलएको साझा उम्मेदवार विजय मिश्रलाई बनाउने सहमति भएको छ ।’

यता डीएलएले भने साझा उम्मेदवारको टुंगो नलागेको बताएको छ । डीएलएका एक वरिष्ठ अधिवक्ताले भने– ‘माथिबाट मिश्रलाई टिकट दिलाउन दबाब आएको छ । तर डीएलएले आधिकारिक निर्णय गरेको छैन । हामी पार्टीको हस्तक्षेप स्वीकार गर्दैनौँ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here