काठमाडाैं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सत्ता पक्षमा हुँदैमा गलतलाई सत्य भन्न नसकिने बताएका छन् ।

नेपाल प्रेस युनियन केन्द्रीय समितिले आयोजना गरेको ‘संविधान संशोधन र प्रेस तथा अभिव्यक्ति’ विषयक विचार गोष्ठीमा उनलेमन्त्री खादा मालामा व्यस्त भएको भन्दै उनले सरकारलाई गल्ती गर्ने र कुनै कमी कमजोरी गर्ने छुट नभएको बताए । नागरिकमा निराशा चिर्न र राष्ट्रलाई प्राथमिकतामा राखेर आशा जगाउनेगरी काम गर्ने बताए ।

उनले प्रेस स्वतन्त्रताले राजनीतिक क्षेत्रमा ठुलो परिवर्तन आउने बताए । यस्तै उनले कांग्रेस र एमालेको सहकार्यमा बनेको सरकारले संविधान संशोधन गर्दा सबै राजनीतिक दलसँगै मिलेर अगाडि बढ्न आग्रह गरे ।

उनले सबै मिलेर गए मात्रै राजनीतिक स्थायित्व,आर्थिक विकास, सुशासन,भ्रष्टाचार मुक्त समाज बन्ने विश्वास व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here