काठमाडाैं । गृहमन्त्री रमेश लेखकले जनता समाजवादी पार्टीका सांसद वीरेन्द्र महतोले आफ्नो छोराको प्रमाणपत्र प्रमाणित गर्न बिचौलियालाई ५ हजार घुस दिनुपरेको घटनाबारे छानबिन गर्न प्रहरीलाई निर्देशन दिइएको बताएका छन् ।

आज बसेको प्रतिनिधिसभामा बैठकमा सांसद्ले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्रीले उक्त सम्बन्धमा व्यक्तिगत रूपमा सांसद् महतोसँग आफूले कुरा गरिसकेको बताएका हुन् ।

उनले भने,‘मैले व्यक्तिगत रूपले त्यो कुरा सोधेर त्यो मान्छे चिनाउनको लागि सहयोग गर्न पनि आग्रह गरेको छु । प्रहरीलाई उक्त घटनाको तत्काल छानबिन गर्नको लागि आवश्यक निर्देशन दिइसकेको छ । यो विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको छ।’

सांसद् महतोले आइतबार छोराको सर्टिफिकेट ईक्यूभ्यालेन्ट गर्न घुस दिएको बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here