काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न चार देशका नवनियुक्त राजदूतले ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित छुट्टाछुट्टै समारोहमा नेपालका लागि थाइल्याण्ड, पोर्चुगल, भेनेजुएला र मंगोलियाका राजदूतले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।

जसमध्ये थाइल्यान्डका राजदूत आवासीय हुन् भने अन्य गैरआवासीय राजदूत हुन् । नवनियुक्त राजदूतहरूलाई होटेल रेडिसनदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here