काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठकको समय परिवर्तन गरिएको छ । आइतबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक सोही दिन बिहान ९ बजेका लागि बोलाइएको कार्यवाहक मुख्य सचिव प्रदीप पराजुलीले विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् ।
‘आइतबार दिनको २ः ०० बजे सभापति शेरबहादुर देउवाको निजी निवास, बुढानीलकण्ठमा बस्ने भनिएकोमा उक्त बैठक २०८१ असोज १३ गते बिहान ९ : ०० बजे बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ‚’ विज्ञप्तिमा उनले लेखेका छन् ।
बैठक आइतबारका लागि पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बोलाइएको हो । बैठकमा उपनिर्वाचनका लागि दल दर्ताको एजेन्डा मुख्य रहेको छ ।