काठमाडाैं । भारतको पूर्वीराज्य बिहारमा चट्याङ लागेर १९ जनाको मृत्यु भएकाे छ । सात जना घाइते भएका छन् ।
पछिल्लो २४ घण्टामा राज्यका १० जिल्लामा मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको थियो ।
वर्षाको समयमा खेतमा काम गर्ने र रूखमुनि आश्रय लिने व्यक्तिलाई चट्याङ लागेर धेरैको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतको मौसम विभागले बिहारको उत्तरी, दक्षिणपूर्वी र दक्षिण मध्य भागहरूमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको भन्दै आगामी २४ घण्टाका लागि सावधानीका लागि सूचना जारी गरेको छ ।