काठमाडाैं । ब्राजिललाई पराजित गर्दै उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ।
आइतबार बिहान भएको खेलमा उरुग्वेले ब्राजिललाई पेनाल्टी सुट आउटमा ४-२ गोलकाे अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।
निर्धारित ९० मिनेटको खेलमा दुवै देशले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।
खेलको ७४औँ मिनेटमा उरुग्वेका नाहितान नानडेजले रातो कार्ड पाएपछि उरुग्वे १० खेलाडीमा समेटिएको थियो । जितपछि उरुग्वेले सेमिफाइनलमा कोलम्बियाको सामना गर्ने भएको छ । अर्को खेलमा अर्जेन्टिनाले क्यानडासँग खेल्नेछ ।