काठमाडौं । भारतको मेघालय राज्यअन्तर्गत सुतंगा जयन्तिया हिल्समा चार जना नेपालीको विभत्स तरिकाले हत्या भएको छ । मेघालयको कोइलाखानीमा मजदुरका रुपमा काम गर्ने चार नेपालीको विभत्स तरिकाले हत्या भएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार मेघालयकाे सुतंगा जयन्तिया हिल्समा नेपाली कामदारको हात खुट्टा बाँधेर धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको छ ।

घटनास्थल मेघालयको राजधानी शिलोङबाट १३० किलोमिटर टाढा रहेको बताइएको छ । मारिने नेपाली धरान र भोजपुरका रहेको खुलेतापनि नाम भने सार्वजनिक गरिएको छैन ।

यसैबीच घटनाबारे भारतीय अधिकारीले दिल्लीस्थित नेपाली दूतावासलाई जानकारी गराइसकेको छ । के कारणले हत्या गर्यो भन्ने केही खुलाइएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here