काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक जारी छ ।

नयाँबानेश्वरस्थित संसद भवन जारी बैठकमा नेपाली कांग्रेससँग हालै सत्ता साझेदारी गर्ने सम्बन्धमा भएको समझदारी र भावी योजनाबारे छलफल भइरहेको प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठकमा पार्टीको आसन र प्रधानमन्त्री पुष्पकमल दाहालले लिन लागेको विश्वासको मतका सन्दर्भमा छलफल हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here