zdf{ ljz]if cbfntdfe|i6frf/sf] cleof]udf clVtof/ b'?kof]u cg';Gwfg cfof]uåf/f z'qmaf/ kqmfp k/]sf cfGtl/s /fh:j ljefusf lgnlDat dxflgb]{zs r"8fdl0f zdf{ cfOtaf/ Dofb yksf nflu ljz]if cbfntdf pkl:yt x'Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौँ । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएर आफैँ आत्मसमर्पण गरेपछि थुनामा रहेका आन्तरिक राजश्व विभागका पूर्व महानिर्देशक चूडामणि शर्मा ढकालको बन्दी प्रत्यक्षीकरणको निवेदन न्यायाधीश विनोद शर्माको इजलासमा पेशी तोकिएको छ।

शर्माले विशेष अदालत समेत ४ लाई विपक्षी बनाउँदै साउन २५ गते मुद्दा दायर गरेका थिए । विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेका शर्माले आफू बिरामी रहेको दाबीसहित बन्दी प्रत्यक्षीकरण निवेदन लिएर सर्वोच्च पुगेका हुन् । उनले साथै पुनरावेदन पनि गरेका छन् । विशेषको फैसला त्रुटिपूर्ण रहेको उनको दाबी छ।

विशेष अदालतले शर्मालाई कर फर्छ्यौट आयोगमा रहँदा राज्यको सम्पत्ति दुरुपयोग गरी कर छुट दिएको भन्दै ९ वर्ष कैद र ४ अर्ब १० करोड ४६ लाख ९७ हजार ८९८ रुपैयाँको जरिवाना सुनाएको थियो । विशेषले २०८० असारमा उनलाई उक्त सजाय सुनाएको थियो ।

शर्मासँगै कर फर्छ्यौट आयोग, २०७१ का पदाधिकारीहरू अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेशप्रसाद ढकाल पनि दोषी ठहर भएका थिए । अख्तियारले उनीहरूसँग १ अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ बराबर भ्रष्टाचार गरेको दाबी गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here