काठमाडाैं । भारतका विदेश सचिव विक्रम मिश्री दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन्। विदेश सचिव मिश्रीलाई विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरिन्।
उनले आजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणासँग भेटवार्ता गर्ने तालिका छ।
भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने र पारस्परिक हितका विषयमा दुई पक्षबीच छलफल हुनेछ।
परराष्ट्र मन्त्रालयका अनुसार उनी सोमबार स्वदेश फर्कने छन् ।