काठमाडौंँ । ऋषिराज आचार्यको निर्देशन रहने फिल्म ‘द्रौपदी’को छायांकन सुरु भएको छ । बिहिबार डोल्पाको दुनैस्थित कालिका मन्दिरमा शुभ–मुर्हूत गर्दै फिल्मको छायाङ्कन सुरु गरिएको हो । फिल्म अन्तर्राष्ट्रिय बजारलाई मध्यनजर गरेर निर्माण हुन लागेको निर्देशक आचार्यले बताए ।‘फिल्मको स्कृप्ट ४ वर्ष लगाएर लेखिएको हो’ आचार्यले भने । फिल्ममा आश्विनी शाही, रबि ओड, कबिराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, बिष्णु ठडराई (सुबास), प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी लगायतका कलाकारको अभिनय रहने छ । रबि ओडको संगीत रहने फिल्मका छायाकार मोहनकुमार झिल्लु हुन् ।

ऋषिराज आचार्य, बिष्णु ठडराई (सुवास), प्रकाश ज्ञवाली निर्माता तथा खेमराज भण्डारी र ऋतु आचार्य सह–निर्माता रहेको फिल्मको लेखक पनि निर्देशक आचार्य नै हुन् । फिल्मको सम्पूर्ण छायाँका डोल्पा जिल्लामै गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here