काठमाडाैं । म्यान्चेस्टर युनाइटेडलाई पराजित म्यान्चेस्टर सिटीले इंग्लिस एफए कम्युनिटी सिल्डको उपाधि जितेको छ। युनाइटेडलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सिटीले सातौँपल्ट उपाधि जितेको हो ।
शुक्रबार वेम्बलीमा भएको फाइनलमा युनाइटेडलाई पेनाल्टी सुटआउटमा सिटीले ७–६ गोलले पराजित गर्यो । त्यसअघि दुवै टोलीले १–१ को बराबरी खेलेका थिए।
खेलको ८२औँ मिनेटमा ब्रुनो फर्नान्डिसले गरेको पासमा अलेजान्ड्रो गार्नाचोले गोल गर्दै युनाइटेडलाई सुरुआती अग्रता दिलाए ।
निर्धारित खेल सकिन एक मिनेट बाँकी रहँदा ओस्कर बबले दिएको पासमा बर्नार्डो सिल्भाले गोल गरे। त्यसपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो।
अघिल्लो सिजनको कम्युनिटी सिल्डको उपाधि आर्सनलले जितेको थियो। फाइनलमा म्यानचेस्टर सिटीलाई पराजित गर्दै आर्सनलले उपाधि जितेको थियो।


























