काठमाडौं । सभामुख देवराज घिमिरेले भाषा र साहित्यको माध्यमबाट नेपालको एकीकरण गर्ने गर्ने सवालमा नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको महत्वपुर्ण योगदान रहेको बताएका छन् ।


शनिबार भानु प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्तीको अवसरमा आयोजित समारोमा सभामुख घिमिरेले भानुभक्तले भाषा र साहित्यमार्फत राष्ट्र निर्माणमा योगदान नगरेको आज नेपाल यस अवस्था पुग्न कठिन हुने बताए ।


उनले भने, ‘हुन त भानुभक्तले त्यतिबेलाको अध्यात्मिक रामायण, खासगरि संस्कृतमा लेखिएको रामायणको उल्था गरेको भन्ने सुनिन्छ । तर उल्थामात्र नभएर रामले समाजलाई गरेको योगदान, सामाजिक क्षेत्रमा गर्नुपर्ने सद्भाव र सहि कामका लागि सहिष्णुता र सहयोगको भावनाबाट प्रेरित गरेर संस्कृतमा लेखिएको रामायणलाई नेपालीमा ढाल्ने काम गरियो । भानुभक्तले रामायणलाई नेपालीमा लेखेर आधुनिक रामायण बनाइरहँदा ति खण्डमा गरेको वर्णनले नेपाली भाषा केहो भनेर नेपालको मेचीदेखि महाकालीसम्म रहेका भाषाभाषी सजिलोसँग बुझने गरी ल्याउने कुरा र नेपाली पनको विकास गर्ने कुरामा महत्वपुर्ण योगदान दिएको छ । यदि भानुभक्तले त्यो योगदान नगरेको भए भाषा यसरुपबाट नेपालमा राष्ट्र बनाउने सन्दर्भमा पनि केही कठिनाईहरु आउन सक्थे होलान् ।’


नेपाल एकिरकण गर्ने सन्दर्भमा तत्कालिन राजा पृथ्वीनारायण शाहले राष्ट्रलाई भौगोलिक रुपबाट एक ठाउँमा ल्याउने ऐतिहासिक आन्दोलन गरेजस्तै भानुभक्तले भाषा र साहित्यको माध्यमबाट उतिक्कै महत्वपुर्ण अभियान थालेको बताए ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here