काठमाडौं । युरो कप २०२४ को फाइनल खेल आइतबार हुनेछ । उपाधिका लागि स्पेन र इंग्ल्याण्डबीच प्रतिस्पर्धामा हुनेछ ।
जारी युरोमा उत्कृष्ट प्रदर्शन गरेको स्पेनिस खेलाडी लामिन यामललाई यदि टिमले पुरै समय मैदानमा बिताउन लगाए जरिवानामा पर्ने छन् । १७ वर्षीय लामिन यामलले इंग्ल्याण्डविरुद्ध फाइनलमा पूरा ९० मिनेट खेलेमा जर्मनीको श्रम कानूनअनुसार ४३ लाख ७२ हजार रुपैयाँ तिनुपर्ने हुनसक्छ । जर्मनीको श्रम कानुन अनुसार नावालकलाई काम लगाउँदा ३० हजार युरोको जरिवाना रहेको छ ।
यामलले युरो २०२४ को फाइनलमा इंग्ल्याण्डविरुद्ध खेल्ने एक दिनअघि शनिबार आफ्नो १७ औँ जन्मदिन मनाउँदै छन् । १६ वर्ष ३६२ दिनको उमेरमा यमलले यस हप्ताको सुरुमा फ्रान्सविरुद्ध म्युनिखमा भएको सेमिफाइनलको २१ औँ मिनेटमा गोल गर्दै युरोमा सबैभन्दा कान्छो गोलकर्ता बनेका थिए ।
यमलको उत्कृष्ट प्रदर्शनका बाबजुद स्पेनका प्रशिक्षक लुइस डे ला फ्युएन्टेले उनलाई इंग्ल्याण्डविरुद्धको सम्पूर्ण समय खेल खेलाउन सक्ने छैनन् ।
जर्मनीको श्रम कानून अनुसार १८ वर्ष मुनिका युवाले कुनै पनि दिन बेलुका ८ बजे स्थानीय समयपछि काम गर्न पाउँदैनन् । एथलीट खेलाडीका लागि थोरै फाइदा छ। जसलाई ११ बजे सम्म काम गर्न अनुमति दिइन्छ ।
स्पेन र इंग्ल्याण्ड युरो २०२४ को फाइनल जुलाई १४ मा स्थानीय समय अनुसार राति ९ बजे सुरु हुनेछ । यस्तो अवस्थामा स्पेनले लामिन यामलसँग खेल्नका लागि पहिलो ६० मिनेटको समय पाउनेछ ।
यसपछि टोलीले लामिन यामललाई मैदानबाट बाहिर नबोलाएमा जर्मन लेबर कानून बमोजिम स्पेनिस फुटबल संघलाई ३० हजार युरो अर्थात् करिब ४३ लाख ७२ हजार रुपैयाँ जरिवाना हुनेछ ।