काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले लाइन काटिएका उद्योगमा तत्काल लाइन जोड्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएका छन्।

डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता नतिर्ने उद्योगको लाइन प्राधिकरणले काटेकामा प्रधानमन्त्री ओलीले तत्काल जोड्न निर्देशन दिएका हुन् ।


शुक्रबार प्रधानमन्त्रीको उपस्थितमा उद्योग मन्त्रालय, ऊर्जा मन्त्रालय, प्राधिकरणका पदाधिकारी र उद्योगीहरूबिच भएको सामूहिक छलफलपछि ओलीले यस्तो निर्देशन दिएको ऊर्जा मन्त्रालय स्रोतले जनाएको छ ।

पुष्पकमल दाहाल नेतृत्वको सरकार हुँदासम्म घिसिङले कुनै हालतमा डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता उठाइछाड्ने उद्घोष गरेका थिए । व्यवसायीको विरोधकाबीच प्राधिकरणले लाइन काट्ने अभियान सुरु गरिसकेकोमा सरकार परिवर्तन भएसँगै प्रधानमन्त्रीले उद्योगीको पक्षमा हुने गरी निर्देशन दिए। यसले उद्योगी उत्साहित देखिएका छन् ।

छलफलमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ एवं मन्त्रालयका सचिवको सहभागिता रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here