काठमाडाैं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले वर्तमान सरकारले खेल क्षेत्रमा भएको सबै समस्या समाधान गर्ने दाबी गरेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित बधाई कार्यक्रममा उनले यो सरकार दिर्घकालिन रुपमा रहने सरकार भएको भन्दै यसले खेल क्षेत्रमा भएको सबै समस्या समाधान गर्ने बताए ।
उनले भने, ‘खेलकुदमा वेथिति छ होला, समस्या छ होला, वेथिति र समस्याको समाधान हामी आफैले गर्नुपर्छ अरु कसैले आएरगर्दैन् । खेलकुद क्षेत्रमा भएको समस्या समाधान हुन्छ । म तपाईहरुलाई विश्वास दिलाउन चाहन्छु । यो सरकार दिर्घकालिन रुपमा रहने सरकार हो । त्यस कारण यसले खेल क्षेत्रमा भएको सबै समस्या समाधान गर्ने विश्वास दिलाउन चाहन्छु ।’
यस्तै,उनले पूर्व मन्त्रीहरुले उठाएको विषयलाई छलफल गर्दै कानूनमा टेकेर अगाडि बढ्ने बताए ।