काठमाडौँ । दार्चुलामा फरार थुनुवा पक्राउ गर्न गएका प्रहरी जवानको लडेर मृत्यु भएको छ । दार्चुलाको महाकाली नगरपालिका–४ स्थित भिरालो ठाउँमा लडेर प्रहरी जवान सोहन चौधरीको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी प्रज्वल महर्जनले  बताए । सोहन चौधरी हिरासतबाट भागेका थुनुवा खोज्न खटिएका हुन् । जबरजस्ती करणी र ज्यान मार्ने उद्योगका थुनुवा उमेश सिंह कुँवरलाई पक्राउ गरेर ल्याउँदै गर्दा लडेर प्रहरी जवानको मृत्यु भएको प्रहरी वरिष्ठ उपरीक्षक महर्जनले जानकारी दिए ।फागुन २१ मा पक्राउ परेका २३ वर्षीय कुँवर हिरासतबाट प्रहरीको आँखा छलेर भागेका थिए । ड्युटीको क्रममा ज्यान गुमाउने प्रहरी जवान कैलालीको कैलारी गाउँपालिकाका स्थानीय हुन् । 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here